• जेष्ठ ६ २०८३, बुधबार

‘सुपर मार्केट’भित्र जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

माघ १७ २०८०, बुधबार

काठमाडौं । काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

बनेपा नगरपालिका–४, त्रिवेणीचोक बस्ने सविन नेपालीले सञ्चालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ८४ हजार ६४० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।