• जेष्ठ ६ २०८३, बुधबार

बारामा १०२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

माघ १४ २०८०, आईतवार

काठमाडौं । मधेश प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले बाराको बरियापुरबाट सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।

ब्राउन सुगरजस्तो देखिने १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सिमरातर्फ जाँदै गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको हो ।