• जेष्ठ ६ २०८३, बुधबार

गभर्नर अधिकारीको योग्यता विवाद सम्बन्धी मुद्दाको पेशी स्थगित सूचीमा

माघ १४ २०८०, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर सर्वोच्च अदालतमा दायर भई आजको लागि तोकिएको पेशी स्थगित भएको छ । आज माघ १४ गते यो रिटको पेशी तोकिएपनि आज यो मुद्दा सर्वोच्च अदालतको ‘स्थगित’ मुद्दाको सूचीमा राखिएको छ ।

यस अघि यो मुद्दामा गत माघ ९ गते पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो। माघ ९ मा न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएपनि मुद्दामा सुनुवाईको पालो आएको थिएन ।