काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयमार्फत एनसीबीलाई पत्राचार गरेको थियो ।
एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालयलाई पत्र पठाएपछि नोटिस जारी भएको जनाइएको छ ।