• जेष्ठ ६ २०८३, बुधबार

४६ वर्षीय महिलाको बलात्कार गरेको आरोपमा युवक पक्राउ

माघ १४ २०८०, आईतवार

काठमाडौं । तनहुँमा महिलाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१०, खोरादीका २७ वर्षीय प्रकाश विक छन् ।

४६ वर्षीया महिलाको बलात्कार आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।