काठमाडौं । इमेज सहकारी ठगी आरोपपछि फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर हालसम्म उनलाई प्रहरीले समात्न सकेको छैन ।
गत जेठ ५ गतेदेखि उनी फरार छन् । इमेज सहकारीको पोखरा र बागलुङबाट झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको रिपोर्ट छ ।