• जेष्ठ ६ २०८३, बुधबार

अनामगनरबाट ३० लाख रुपैयाँसहित दुई जना पक्राउ

माघ १२ २०८०, शुक्रबार

काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१०, अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र धरान उपमहानगरपालिका–१९ घर भइ हाल काठमाडौं बस्ने ३० वर्षीय विश्वास राई छन् ।

उनीहरूको साथबाट ३० लाख १८ हजार रुपैयाँसहित दुई थान ल्यापटप, पाँच थान मोबाइल बरामद गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१०, अनामनगरस्थित प्रसाईंको घरमा अवैधरूपमा हुन्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनविपरीत हुन्डी कारोबार गरेको उनीहरूमाथि आरोप छ ।