• जेष्ठ ६ २०८३, बुधबार

कर्णाली प्रदेशमा सभामुखले मात्रै मतदान गर्न बाँकी

माघ ११ २०८०, बिहीबार

सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान करिब सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान २ बज्नै लाग्दा सकिन लागेको हो ।

अब प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मत हाल्न बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।