काठमाडौं । गुण्डागर्दी गर्दै हिँड्ने युवराज गुरुङ (सानुभाइ) समूहका एकजना पक्राउ परेका छन् । सानुभाइ समूहका विश्व लामा पक्राउ परेका काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
पछिल्लो समय यो समूह गुण्डागर्दीमा सक्रिय रहेको छ । शनिबार गुरुङसहितको समूहले ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।