• जेष्ठ ६ २०८३, बुधबार

काठमाडौंको ग्रिनसिटी गेस्टहाउसमा बलात्कार, एक जना पक्राउ

माघ १० २०८०, बुधबार

काठमाडौं । काठमाडौंको ग्राण्डीस्थित ग्रिनसिटी गेस्टहाउसमा एक महिलामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बुढाथोकी विरुद्ध जबरजस्ती करणको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।