• जेष्ठ ६ २०८३, बुधबार

काठमाडौंमा आज वर्षकै कम तापक्रम रेकर्ड

माघ ८ २०८०, सोमबार

काठमाडौं । काठमाडौंमा आज (सोमबार) यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (३.२) डिग्री रेकर्ड गरिएको बताए ।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै सोमबार न्यूनतम तापक्रम ०.२ डिग्रीले झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शीता (भिजिविलिटी) पनि घटेको छ। मौसमविद् पुडासैनीका अनुसार सोमबार बढी चिसो अनुभव भएको छ ।