• जेष्ठ ६ २०८३, बुधबार

अयोध्यामा नवनिर्मित राम मन्दिरको आज उद्घाटन हुँदै

माघ ८ २०८०, सोमबार

काठमाडौं  । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच उद्घाटन हुँदैछ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ।

बीबीसीका अनुसार राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः४५ ९भारतीय समय अनुसार १२ः३० देखि १ बजे० बजे सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।

प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।