काठमाडौं । गोलखबरका कार्यकारी सम्पादक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्णबहादुर हमालको निमोनियाका कारण निधन भएकाे छ ।
उपाध्यक्ष हमालका बुबाको निधनप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ। दाङ, बबई गाउँपालिका वडा नम्बर ४ निवासी हमालको घरमा निधन भएको हो ।
पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष कमरेड जीवन हमालका बुवा पूर्णबहादुर हमालको निमोनियाका कारण उपचारका क्रममा यही २०८० साल माघ २ गते ६४ वर्षको उमेरमा अल्पायुमै निधन भएको छ। उहाँ लामो समयदेखि बाथरोगले ग्रस्त हुनुहुन्थ्यो। उहाँको मृत्युले हामी अत्यन्तै स्तबध तथा भावविह्वल भएका छौ ।’
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पूर्णबहादुर हमालप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
