• जेष्ठ ६ २०८३, बुधबार

काठमाडौं महानगरको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव प्रदीप परियारलाई काठमाडौंको नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको छ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गरिएको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए। त्यसअघि उनी शहरी विकास मन्त्रालयमा थिए।