• जेष्ठ ६ २०८३, बुधबार

बोक्सोको आरोपमा हत्या गरेर फरार दुई जना १५ वर्षपछि पक्राउ

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । काभ्रेमा बोक्सोको आरोपमा हत्या गरी फरार रहेका दुईजना १५ वर्षपछि पक्राउ परेका छन् ।

रोशी गाउँपालिका–३,का चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई २०६५ असोजमा भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सोको आरोप लगाई कुटपिट गरेका थिए ।

कुटपिटपछि हत्या गरेर उनीहरू फरार भएका थिए । फरार रहेकालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत पुस २४ गते पक्राउ गरेको हो ।