• जेष्ठ ६ २०८३, बुधबार

हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीन जना पक्राउ

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको हो । अग्रवाल कपडा व्यवसायी पनि हुन् । अग्वालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।