• जेष्ठ ६ २०८३, बुधबार

नक्कली मदिरा उत्पादन गरेर कालोबजारी गर्ने ९ जना पक्राउ

माघ ३ २०८०, बुधबार

काठमाडौं । स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ रहेका छन् ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।