• जेष्ठ ६ २०८३, बुधबार

जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

माघ २ २०८०, मंगलवार

काठमाडौं । सर्वश्वसहित जन्मकैद सुनाइएका एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भएका ७० वर्षीय सूर्यबहादुर दवाडी छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार रुपन्देहीको सिद्धाथनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमायाको हत्या गरेका थिए ।

२०५९ फागुन २८ गते उनले सानुमायालाई नाम्लोले घाँटीमा बाँधेर हत्या गरी रुखमा झुड्याएका थिए । उनीविरुद्ध धादिङ जिल्ला अदालतले २०६१ जेठ ५ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलालाई पछि सर्वोच्चले पनि सदर गरेको थियो। पक्राउ परेका दवाडीलाई कारबाहीका लागि जिल्ला अदालत धादिङमा बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए ।