• जेष्ठ ६ २०८३, बुधबार

कार्यकारी सम्पादक हमाललाई पितृ शोक

माघ २ २०८०, मंगलवार

काठमाडौं । गोलखबरका कार्यकारी सम्पादक जीवन हमाललाई पितृ शोक परेको छ । कार्यकारी सम्पादक हमालका बुवा पूर्णबहादुर हमालको ६४ वर्षको उमेरमा आज विहान असमायिक निधन भएको छ । दाङ, बबई गाउँपालिका वडा नम्बर ४ निवासी हमालको घरमा निधन भएको परिवारले जनाएको छ ।

पत्रकार महासंघ दाङका सदस्यसमेत रहेका जीवन हमालका बुवा पूर्णबहादुर लामो समयदेखि बाथ, निमोनिया लगायत विभिन्न रोगको उपचार गराइरहेका थिए ।  हमालको श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

गोलखबर मिडिया प्रा. लि परिवारले कार्यकारी सम्पादक हमालका बुवा पूर्णबहादुर हमालको निधन प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो हार्दिक समबेदना व्यक्त गरेको छ ।