• जेष्ठ ६ २०८३, बुधबार

भेरी सहकारी बित्तिय संस्थाको २८औ साधारणसभा सम्पन्न

माघ १ २०८०, सोमबार

शोभा गुरुङ, नेपालगन्ज । भेरी सहकारी बित्तीय संस्था लिमिटेडको २८औ बार्षिक साधारण सभा पुष २८ गते शनिबारका दिन भेरी प्राबिधिक शिक्षालयमा संस्थाका अध्यक्ष पदम बहादुरको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधरणसभाको उदघाटन सत्रका प्रमुख अतिथि जिल्ला सहकारी संघका सदस्य जमान सिंह वलिले पानसमा दिप प्रज्वलन गरेर उद्वघाटन गरेका थिए । प्रमुख अतिथि वलीले बाँकेमा सबै भन्दा पुरानो सहकारी भेरी सहकारी वित्तीय संस्था लिमिटेडले उत्कृष्ठ काम गर्दै आएकोले अझ राम्रो नेतृत्वदायि भूमिका खेल्दै यसलाई लुम्बिनी प्रदेश कै उकृष्ट सहकारी बनाउन लाग्नु पर्ने बताए ।

अतिथिहरु भेरी सहकारी संस्थाका संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाई, राष्ट्रिय सहकारी बैंक लि। शाखा प्रमुख प्रकाश थपलिया,जिल्ला बचत तथा ॠण संघ बाँकेका उषा भण्डारिले भेरी सहकारी संस्था लि देशको यस्तो आर्थिक मन्दी र सिमित सहकारीको बदमासिले सहकारी प्रति जनमानसमा परेको नकारात्मक सोचको प्रवाह नगरी सहकारिको मूल्य र मान्यतालाई आत्मसात गर्दै आफ्नै रफ्तारमा अघि बढी आफ्ना शेयर सदस्य माझ निरन्तर रुपले राम्रो सेवा प्रवाह गर्दै आएकोले पनि यसको साख अझै बढ्दै गएकोमा खुशी ब्यक्त गर्दै बाँके जिल्लामा उत्कृस्ठ सहकारीको रुपमा अझै प्रगती गर्दै जावोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाको तर्फबट सभाध्यक्ष पदम बहादुर भन्डारिले आ।ब।२०७९र०८० को प्रतिबेदन पेश गर्दै संस्थाको नाफा १ करोड ५५ लाख , शेयर पुँजी १ करोड ७२ लाख, कर्जा कारोबार २९ करोड र निक्षेप १४ करोड ९७ लाख भएको जानकारी गराएका थिए ।

उक्त अवसरमा आ।ब।२०७९र०८० मा निक्षेप र कर्जा कारोबार तर्फ उत्कृष्ट कारोबार गरे बापत माया लोनिया र उषा तारामी (गुरुङ) लाई नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो भने संस्थाको स्थापना काल देखि भिभिन्न समयमा संस्थाको संचालकको विभिन्न पदमा र विभिन्न उपसमितिमा समेत रहि सेवा गर्नु भएकोले सो को उच्च मुल्यांकन गर्दै पूर्व संचालक सदस्य श्री शिव प्रसाद जोशिलाई माला, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो।

साधरणसभाको बन्द सत्रमा संचालक समितिले पेश गरेको विभिन्न प्रस्तावहरुमा बृहत् छ्लफल गरि पारित हुनुका साथै आगामी ४ बर्षका लागि नयाँ नेतृत्वको निर्वाचान माघ २० गते हुने जानकारी निर्वाचन अधिकृत झबिन्द्र पौडेलले दिएका थिए ।

संचालक सदस्य हिम बहादुर नेपालीले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिन्दा खरेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।