• जेष्ठ ६ २०८३, बुधबार

सिमरा उडेको बुद्ध एअरको विमान अवतरण हुन नसक्दा पुनः काठमाडौं फर्कियो

पुष २९ २०८०, आईतवार

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एअरको विमान त्यहाँ अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ ।

बुद्ध एअरको उडान नम्बर बीएचए ५५९ विमान हिजो साँझ २३ जना यात्रु बोकेर त्यता गएको थियो ।

तर, खराब मौसमका कारण सिमरामा अवतरण हुन नसकेपछि आकाशबाटै काठमाडौं फर्केर काठमाडौं अवतरण भएको बताइएको छ ।