काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(मातृभाषा) आयोगको आयोजनामा मातृभाषा साहित्य श्रृंखला–६ सम्पन्न भएको छ । सोही अवसरमा मगर भाषाको साहित्यिक पत्रिका मिकको विमोचन पनि गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम भएको हो । कार्यक्रममा मगर भाषाको साहित्यका बारेमा अध्ययता जीवन रोकामगरले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मगर भाषाको साहित्यिक पत्रिका मिकको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विमोचन गरेका थिए ।
सो अवसरमा मिक प्रत्रिकाका कार्यकारी सम्पादक विष्णुकुमार सिंजालीले मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता प्रज्ञा प्रतिष्ठानका मातृभाषा प्रमुख राजन मुकारुङले गरेका थिए । सो अवसरमा राना थारु, राई र गुरुङ भाषामा लेखिएका कविता सुनाइएको थियो ।
तस्वीरहरू : राज मगर