• जेष्ठ ६ २०८३, बुधबार

नाम र तस्वीर सार्वजनिक गरेर गोपनियता भङ्ग गरेको भन्दै ‘गौशाला-२६’ ले दिइन उजुरी

पुष २६ २०८०, बिहीबार

काठमाडौँ  । जबरजस्ती करणीमा परेकी भनिएकी युवती ‘गौशाला-२६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै आफ्नो  नाम र तस्वीर सार्वजनिक गर्नेविरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आज उजुरी दिएकी छन् ।

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । गौशाला-२६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुन् ।

काठमाडौं जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

गौशाला-२६ को गोपनीयता भङ्ग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटालाई निलम्बन गरेको छ ।