• जेष्ठ ६ २०८३, बुधबार

एबीसीडी नै नजानेका कारण साउदीमा नेपाली कामदारले कुटाइ खाए : सचिव केवलप्रसाद भण्डारी

पुष २६ २०८०, बिहीबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको समस्याबारे जानकारी गराएका हुन् ।

‘एबीसीडी नै नचिनेका कारण साउदीमा नेपाली कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको कार्टुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,’ बैठकमा सचिव भण्डारीले भने,‘त्यसैले सामान्य अंग्रेजी सिक्न आवश्यक छ ।’

यसअघि, बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा र सीप सिकाएर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन राजदूतहरूले आग्रह गरेको बताएका थिए ।