• जेष्ठ ६ २०८३, बुधबार

बम्जनको साथबाट १७ देशको मुद्रासहित नेपाली ३ करोड २४ लाख बरामद

पुष २५ २०८०, बुधबार

काठमाडौँ । काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बम्जनको घरबाट विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिणाम बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरिसकेकामा खोजतलासका क्रममा बुधबार पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ ।