• जेष्ठ ८ २०८३, शुक्रबार

जुवा खालबाट कलाकार इकु र चक्र बमसहित ९ जना पक्राउ, १ लाख ९० हजार बरामद

कार्तिक १४ २०८०, मंगलवार

काठमाडौं । जुवा खेलिरहेका ९ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्यमान स्याङतान ‘इकु’सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी-२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।

यसैगरी काभ्रे पाँचखाल नगरपालिका-६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम-१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट-७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले एकलाख ९० हजार ९२० रुपैयाँ बरामद गरेको छ ।