• बैशाख २२ २०८३, मंगलवार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण आज

श्रावण १७ २०८०, बुधबार

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

बिहान मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उaनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।