• जेष्ठ १० २०८३, आईतवार

अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गर्न तामाङ घेदुङको माग

श्रावण १४ २०८०, आईतवार

काठमाडौं । तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी उनलाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

संघका अध्यक्ष मोहन गोले मगर समुदायले जाहेरी दिइसक्दा पनि सरकारले पाण्डेलाई पक्राउ नगरेको भन्दै आन्दोलन गर्ने चेतावन दिए ।

अधिवक्ता पाण्डेले प्राइम टिभीमा दिएको अन्तर्वार्तामा तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा अधिवक्ता पाण्डेले दिएको गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको रहेको संघले बताएको छ ।