• बैशाख २२ २०८३, मंगलवार

संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पठाइँदैछः प्रधानमन्त्री प्रचण्ड

श्रावण १४ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐनको मस्यौदा पारित गरेर सदनमा पठाउन लागिएको बताएका छन्।

आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताए।

‘म आज तपाईंहरुको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु। पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ। मलाई लाग्छ, यो आफैंमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ। र यसले शिक्षा क्षेत्रमा अहिले देखापरेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ,’ उनले भने।