• बैशाख २२ २०८३, मंगलवार

क्रान्तिकारी कम्युनिस्ट पार्टी तिलोत्तमा नगरको एकता अधिवेशन सम्पन्न

श्रावण १० २०८०, बुधबार

बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । नेकपा बहुमत र क्रान्तिकारी माओवादीबीच केन्द्रमा एकता भएपछि प्रदेश र स्थानीय तहसम्म एकता गर्ने नीति अनुसार सो एकता सम्पन्न भएको हो ।

एकता अधिवेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ५ नं. प्रदेश ईन्चार्ज प्रमोद, सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक, विशेष अतिथि केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक रमेश, अतिथिहरु केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहसंयोजक मणि, लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला संयोजक दिग्दर्शन, केन्द्रीय सल्लाहकार सदस्य सञ्जिव कुमार, ५ नम्बर प्रदेश समिति सदस्य तथा वुटवल उपमहानगर ईन्चार्ज विक्रम, अखिल (क्रान्तिकारी)का लुम्बिनी ब्युरो ईन्चार्ज तथा रुपन्देही संयोजक मनोज थापा, युवा संगठनका केन्द्रीय सदस्य दर्शन लगायतको उपस्थितिमा एकता अधिवेशन भएको हो ।

अधिवेशनले १५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । कार्यक्रमको सञ्चालन बीमाले गर्नुभएको थियो ।