• जेष्ठ १० २०८३, आईतवार

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

श्रावण ३ २०८०, बुधबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ ।

आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको हो । पञ्चायतकालमा सिन्धुलीबाट सांसद र सहायक मन्त्रीसमेत बनेकी घलेले आफ्नो सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी छिन् ।

सेवा सदन महानगरको भित्री सडकमा पर्ने भएता पनि सरकारी जग्गा मिचेर बनाइएको महानगरको दाबी छ । तर ८६ वर्षीया घलेले भने जग्गा आफ्नो नाउमा रहेको र लालपूर्जा समेत भएको बताउँदै आएकी छिन् । महानगरले केही दिन अघि सेवा सदन खाली गर्न सूचना जारी गरेको थियो ।

सो सदनमा पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, वाचनालयका साथै विद्यालय पनि छ । विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।