• बैशाख २२ २०८३, मंगलवार

०८४ मा रास्वपाले एकल सरकार बनाउँछ, कसैले रोक्न सक्दैनः रवि लामिछाने

असार ३० २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालमा रास्वपाको आफ्नो पार्टीको एकल सरकार बनाउन रोक्नसक्ने तागत कसैसँग नभएको दाबी गरेका छन्।

रास्वपा बूढानीलकण्ठ नगर भेलालाई शनिबार दिउँसो सम्बोधन गर्दै सभापति लामिछानेले मिसन ०८४ अनुसार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।

छमिसन ०८४ को मेरो र तपाईंको परिभाषा मिल्यो भने ०८४ सालमा रास्वपाको आफ्नो सरकार बनाउन कसैले रोक्ने छैन,’ सभापति लामिछानेले भने, ‘यदी हामी उभिने प्रतिवद्धता छ भने रोक्न सक्ने अर्को कुनै तागत हुने छैन।’ उनले मिसन ०८४ भनेको असल मान्छेलाई रास्वपामा प्रवेश गराउनु रहेको भन्दै यो अभियानमा जोडिन पार्टी पंक्तिलाई आग्रह समेत गरे।