• जेष्ठ १० २०८३, आईतवार

बहुविवाहको आरोपमा महोत्तरीका एक वडाध्यक्ष पक्राउ

असार २७ २०८०, बुधबार

काठमाडौँ। बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।