• बैशाख २२ २०८३, मंगलवार

सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको डा. भट्टराईको भनाई

असार २४ २०८०, आईतवार

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको बताएका छन्।

समाजिम सञ्जाल फेसबुकमार्फत डा. भट्टराईले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा आफु संलग्न हुने प्रश्नै नउठेन बताएका छन् ।

उनले समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात भएको बताएका छन् ।