• जेष्ठ १० २०८३, आईतवार

आज यी जिल्लाहरु बाढीपहिरोको उच्च जोखिममा (सूचीसहित)

असार १९ २०८०, मंगलवार

काठमाडौं । देशका सानाठूला नदीमा आज (मंगलबार) पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

तिनाउ नदीको जतसतह खतरा तहभन्दा माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका अरू नदीहरूमा पनि बहाव बढ्नेछ । तर, सतर्कताभन्दा तलै रहने पूर्वानुमान छ ।

आज रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ । यी जिल्लामा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।

यस्तै, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी, अर्घाखाँची र दाङ भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।