काठमाडौं । हिन्दु धर्मालम्बीहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरीबारे संसद्मा पुनः प्रश्न उठेको छ ।
आज (सोमबार) विहान ११ बजेदेखि जारी संसद् बैठकमा प्रतिनिधिसभा सदस्य सांसद देवेन्द्र पौडेलले यसबारेमा संसद्मै प्रश्न गरेका छन् ।
उनले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरीबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका हुन् ।
बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भएको बताउँदँ यसबारे तत्काल सत्यतथ्य जानकारी गराउन माग गरे ।
पौडेलले भने, ‘जलहरीबारे सदनमा निकै चर्चा भयो, मिडियाहरुमा पनि प्रमुखताका साथ समाचार आएको छ । तर भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ ।’