• जेष्ठ २७ २०८३, बुधबार

इनारमा डुबेर दुईजना युवाको मृत्यु

असार ११ २०८०, सोमबार

काठमाडौँ। काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताएका हुन् ।

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।