घोराही, ९ आषाढ ।
बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि घोराहीमा रहेका बालकालिकाहरुको एक भेलाले घोराही बाल क्लवको गठन गरेको छ ।
मेधावी बुढाथोकी अध्यक्ष रहेको ७ सदस्यीय क्लबको उपाध्यक्षमा चन्द्रप्रकाश गुप्ता, सचिव शिखर सुवेदी, कोषाध्यक्ष अमित गुप्ता तथा सदस्यहरुमा अप्सना गिरी, अंकित अधिकारी र सद्भाव लामिछाने रहेका छन् ।
क्लबले बालबालिकाहरुको व्यक्तित्व विकास, सामाजिक दक्षताको विकास, उनीहरुमा रहेका विभिन्न रुचि तथा सृजनात्मक क्षमताहरुको विकासका लागि रचनात्मक तालिम तथा कार्यशालाहरु राख्ने, विकृति-विसंगति, कुलत, बालहिंसा तथा अपसंस्कृतिहरुको विरुद्धमा बाल सचेतना अभियानहरु सञ्चालन गर्ने, अध्ययन संस्कतिको विकासका लागि वडा तहसम्म क्लबको विस्तार तथा बाल पुस्तकालायको स्थापनाका उदेश्यहरु रहेका छन् ।
भेलामा उपस्थित लेखक सूर्य विसीले आजको समय बालबालिकाहरुको निम्ति थप जटिल र चुनौतीपूणर् बन्दै गएको, विद्युतीय श्रव्य-दृश्य माध्यमहरुको लतले उनीहरुको सृजनशीलता कमजोर बन्दै गएकोले बालबालिकाहरुलाई सही मार्गनिर्देशनका लागि बाल क्लबहरुमार्फत् भूमिका खेल्न सकिने बताउनु भयो ।
त्यसैगरी अर्का लेखक-अध्ययता प्रमोद धितालले बालबालिकाका चुनौती र संभावनाहरुलाई समाजले गम्भीरतापूर्वक लिन नसकेको चिन्ता व्यक्त गर्दै उनीहरूको मानसिक-सांस्कृतिक विकासका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नुभयो ।
त्यसैगरी लेखक तथा प्राध्यापक डा.विन्दु शर्माले बाल क्लबको सफलताको शुभकामना दिंदै आफूबाट क्लबबाट हुने कार्यक्रमहरुमा आफ्नो रचनात्मक सहयोग हुने कुरा बताउनु भएको थियो ।