• जेष्ठ ११ २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशका मन्त्री सिंह दम्पतिको अन्त्येष्टि आज गरिँदै

असार ९ २०८०, शनिबार

बझाङ । जीप दुर्घटना परी दिवंगत भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवीको अन्त्येष्टि आज (शनिबार) गरिँदैछ ।

कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले सिंह दम्पतीको अन्त्येष्टि चार दिनपछि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजंगबहादुर सिंहले बताए ।