• असार २८ २०८३, आईतवार

भारतलाई योगेशको प्रश्नः रोटी–बेटीको नाता भएको देशलाई हवाई प्रतिबन्ध किन ?

असार ८ २०८०, शुक्रबार

काठमाडौं । एमाले सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश कुमार भट्टराईले नेपाल–भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध रहेको भनेर भन्ने गरिए पनि भारतले नेपाललाई हवाई प्रतिबन्ध लगाएको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आर्थिक बर्ष २०८०/०८१ को मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथिको छलफलमा सांसद भट्टराईले उक्त प्रश्न गरेका हुन्।

‘सडक मार्गबाट भारत जान पाउँछौं। सडक मार्गबाट भारतीयहरु नेपाल आउन पाउँछन्। हाम्रो रोटी–बेटीको नाता छ। अनि रोटी–बेटीको नाता भएको देशलाई हवाई प्रतिबन्ध गर्न पाइन्छ?,’ सांसद भट्टराईले प्रश्न गरे।

भारतले नेपाललाई चाहिने हवाई रुट नदिएको उल्लेख गर्दै भट्टराईले यस्तो अभ्यासलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्द भनिने टिप्पणी गरे।

‘नागरिकलाई उड्ने बाटो दिँइदैन भने हवाई प्रतिबन्द्ध हो। अन्तर्राष्ट्रिय रुपमा हवाई प्रतिबन्ध भनिन्छ,’ उनले भने।