• जेष्ठ ११ २०८३, सोमबार

मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने दुई जना पक्राउ 

असार ७ २०८०, बिहीबार

काठमाडौँ ।  नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

स्वीकृति बिना काउन्सिलको लोगो, नाम तथा प्रश्नपत्रको ढाँचा प्रयोग गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय नवीन पौडेल र आशिष अधिकारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।