काठमाडौं । ग्रामिण सडक सुधार आयोजना कार्यन्वयन ईकाइ दमकका आयोजना व्यवस्थापकसहित तीन जना घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईकाइका आयोजना व्यवस्थापकसहित तीन जनालाई चार लाख घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई टंगाल र इटहरीबाट खटिएको टोलीले कार्यालयबाटै मंगलबार पक्राउ गरेको हो।
उनीहरूले सडक निर्माणको अन्तिम भुक्तानी गराउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए।
उक्त सूचना पाएपछि अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।