• जेष्ठ ११ २०८३, सोमबार

भ्रष्टाचारको जरा हल्लिने गरी काम गर्न आवश्यक: कानूनमन्त्री गुरुङ

असार ५ २०८०, मंगलवार

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको जरा हल्लिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै कानून मन्त्री गुरुङले भ्रष्टाचारकै कारण नेपाली जनताको अवस्था बदल्न नसकेको भ्रष्टाचारको जरा हल्लिने गरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने ‘ भ्रष्टाचारको जरा हल्लाउने काम तपाईँहरूले गर्न जरुरी छ । नेपाली राजनीतिमा २ वटा वर्ग र २ वटा जीवी छन् । एउटा श्रमजीवी र एउटा पराजीवि छ । पराजीविहरुलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन सक्दैन । ट्रेड युनियन आफ्नो अधिकार कानुनसँग मागेर हैन खोसेर लिन्छ । अब खोसेर अगाडि बढ्नुस् भनेर निर्णय गर्न चाहेँ । २०४६ सालको जनआन्दोलन पछि पटक पटक हामी अगाडि बढ्यौं । हामीले पटक पटक व्यवस्था बदल्यौं । तर भ्रष्ट प्रवृत्तिको कारणले नेपाली जनताको अवस्था बदल्न सकेनौं । हामी भ्रष्ट प्रवृत्तिलाई बदल्न सकेनौं । भ्रष्ट प्रवृत्तिलाई बदल्न आवश्यक छ ।’