• असार २८ २०८३, आईतवार

एमालेमा फर्किन बामदेव गौतमले राखे १२ बुँदे सर्त

असार ४ २०८०, सोमबार

काठमाडौं । नेकपा विभाजनपछि कुनै पार्टीमा सक्रिय नभएका बामदेव गौतम एमालेमै फर्किने तयारीमा जुटेका छन्। नेकपा ब्युँताउने प्रयास सफल नभएपछि उनी आफैं एमालेमा फर्किन लागेका हुन्।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यस विषयमा छलफल गरेका छन्। यद्यपि ओलीसँग आफूले पार्टी एकताको प्रस्ताव राखेको उनको भनाइ छ।

आफूलाई काम गर्ने खालको जिम्मेवारी दिन भनेको उल्लेख गर्दै ‘अवधारणा पत्र’ समेत एमालेलाई बुझाएका छन्। जहाँ १२ बुँदे सर्त छन्।

कृषिमा आधुनिक प्रणाली, सामूहिक खेतीदेखि नेता-कार्यकर्ताले पालना गर्नुपर्ने नीति नियम समेत त्यहाँ उल्लेख छन्।