• जेष्ठ ११ २०८३, सोमबार

शरणार्थी प्रकरणमा मुछिएका दुई जना बाहेक सबै जेल चलान

असार २ २०८०, शनिबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका २ जना बाहेक सबैलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले आज गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो ।

महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ ।