• जेष्ठ ११ २०८३, सोमबार

खोलामा डुबेर एक शिक्षकको मृत्यु

जेष्ठ २९ २०८०, सोमबार

नवलपरासी । खोलामा डुबेर शिक्षक कृष्ण सुवेदीको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ नुहाउन गएका सुवेदीको खोलामा डुबेर मृत्य भएको हो ।

पूर्वी नवलपरासीको अरूणखोला मुखेढुंगा रहमा डुबेर सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुवेदी जनता माध्यामिक विद्यालय टाडीका शिक्षक हुन् ।

प्रहरीका अनुसार मुखेढुंगा रहमा सात जना शिक्षक नुहाउन गएका थिए । तीमध्ये सुवेदी रहमा डुबेपछि स्थानीय फत्तबहादुर सोमैले बेहोस अवस्थामा उनको उद्धार गरेका थिए ।

बेहोस सुवेदीलाई उपचारका लागि प्रहरीले मध्यविन्दु अस्पताल पुर्याएका थिए । उक्त अस्पतालमा उपचारको क्रममा उनको हिजो राति नै मृत्यु भएको अस्पातल स्रोतले बतायो ।