• बैशाख २४ २०८३, बिहीबार

सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ। पूर्व बाल सेना नेपालका तर्फबाट लेनिन विष्टसहितले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पहिलो पेसी जेठ ३० गते तोकिएको छ।

यसअघि सर्वोच्च प्रशासनले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो। रिटमा आफूहरुलाई युद्धमा प्रयोग गरिएको र पछि अयोग्य भनि बर्हिगमन गराएको तर सरकारबाट तथा दलबाट कुनै पुनस्थापना वा राहत नपाएको दाबी रिटमा गरिएको छ ।

१६ वर्षसम्म आफूहरुलाई माओवादीले प्रयोग गरेर बेवास्था गरेकाले बाल सेनाको परिचय दिँदै क्षतिपूर्ति र राहत दिन रिटमा माग गरिएको छ। माओवादी विद्रोहकालमा नेताद्वय बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डमाथि रिटमा प्रश्न उठाइएको छ। प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्न नैतिक रुपमा नमिल्ने भएकाले पदिय हैसियतबाट निलम्बन गर्नु भनि आदेशको माग रिटमा गरिएको छ।