• जेष्ठ ११ २०८३, सोमबार

सरकारलाई भीम रावलको प्रश्न : सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको ?

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता भीम रावले सरकारलाई प्रश्न गरेका छन् । उनले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गरेका हुन् ।

रावलले सामाजिक सञ्जाल फेसबुकमा कैलालीको गेटामा शिक्षण अस्पातालसहितको विश्वविद्यालय बनाउन सरकारले ठूलो लगानी गरेको र भौतिक संरचना पनि बनिसकेको बताएका छन् ।

उनले उक्त विश्वविद्यालय सुदूरपश्चिमको आवश्यकता भएको औँल्याएका छन् । सो आवश्यकता तुरून्त पूरा गर्न सरकारसमक्ष मागसमेत राखेका छन् ।

नेता रावलले फेसबुकमा लेख्छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पतालसहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवनलगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको ? जनताको माग सुदूरपश्चिमकै आवश्यकता हो । तुरून्त पूरा गरियोस् ।’