• जेष्ठ ११ २०८३, सोमबार

वैद्य माओवादी निकट युवा संगठन र विद्यार्थी संगठनका ४ नेता माओवादी केन्द्रमा प्रवेश

जेष्ठ २७ २०८०, शनिबार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट युवा संगठनका कोषाध्यक्ष कविता कार्की र सोही पार्टी निकट विद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य सपना पुनमगर, केन्द्रिय सदस्य प्रदीप बम र रेखा रोकाय माओवादी केन्द्रका प्रवेश गरेका छन् ।

आज एक समारोहमा माओवादी केन्द्रका उपमहासचि शक्तिबहादुर बस्नेतले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

बस्नेतले पूर्वमाओवादीहरु बीचको एकताको आवश्यकताको समयमा उनीहरु आफ्नो पार्टीमा आउनुलाई सकारात्मक भएको भन्दै स्वागत गरे ।