• बैशाख २६ २०८३, शनिबार

आज पनि बजेटमाथि छलफल जारी रहने

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं ।  संघीय संसद्‌का दुवै सदनमा आज पनि बजेटमाथि छलफल जारी रहने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आज पनि जारी रहने भएको छ।

प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो। छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

बजेटमाथिको छलफलमा सांसदहरुले विषयान्तर गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विद्येयकलगायतका विषयमा पनि बोल्ने गरेका छन्।